साउदीका विदेश मन्त्री आज नेपाल आउँदै

काठमाडौँ । साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्री डा.नारायण खड्काको निमन्त्रणामा उहाँ दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउन लाग्नुभएको हो । 

भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्ला बेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग चैत १ गते बैठक गर्ने तथा उहाँले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ५० बजे