कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । 

दिउँसो नेपालका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । मङ्गलवार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधवार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ फागुन ३० गते (सोमबार)
दिउँसो
: देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर मौसम सामान्यतया सफा रहने छ।

२०७८ चैत्र १ गते (मङ्गलवार)
दिउँसो:
देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशका पहाडी भू(भागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ चैत्र २ गते (बुधवार) 
दिउँसो:
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : १४ बजे