सुनको मूल्यमा नयाँ कीर्तिमान

डेढ वर्षको बच्चा ‘चोरेर’ बलात्कार गरी हत्या गरेकाे अभियाेगमा दुई पक्राउ

काठमाडौं । प्रहरीले मोरङबाट डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा  दुई जनालाई पक्राउ गरेको छ ।  

मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरियोको अभियोग छ । उक्त अभियोगमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी  र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु  स्थानीय हुन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए । 

२७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारमा क्रममा राति साढे १२ बजेतिर उनको मृत्यु भएको थियो । 

पक्राउ परेका दुवैजनाले ललाईफकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए । 

घटनामा संलग्न दुवैजनालाई प्रहरीले १२ घन्टाभित्रै पक्राउ गर्न सफल भएको हो । उनीहरूले बलात्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

झाडीमा फेला पार्दा उनी रगताम्य अवस्थामा थिइन् । यौनांग रक्ताम्य अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ। अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा जेल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए । 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : ४९ बजे