‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मेयर कप क्रिकेट : खलङ्गा सेमिफाइनलमा

बैतडी। दशरथचन्द नगरपािलका– ४ खलङ्गा, बैतडीको देहिमाडौँमा जारी पाँचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खलङ्गाले दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ९७ रनले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।  खलङ्गाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा दुर्गाभवानी १७.२ ओभरमा १२३ रनमा समेटियो । दुर्गाभवानीका लागि रवीन्द्र नाथले सर्वाधिक ३७ रन बनाए । हार टार्न नसक्दा दुर्गाभवानी प्रतियोगिताबाटै बाहिरिएको छ । 

बलिङतर्फ खलङ्गाका कप्तान मोहित भण्डारीले ३ तथा प्रदीप चन्द र वीरेन्द्र चन्दले २÷२ विकेट लिए । त्यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गर्दै खलङ्गाले निर्धारित २० ओभरमा प्रदीप चन्दको ८१ रनको मद्दतमा २२० रन बनायो । बलिङतर्फ दुर्गाभवानीका शङ्कर नाथले २ विकेट लिए ।

खलङ्गाका प्रदीप चन्द म्यान अफ दी म्याच घोषित भए । प्रशिक्षक दीपेन्द्रबहादुर बोहराका अनुसार अर्को खेलमा दशरथचन्द नगरपालिका–११ नागार्जुनले दशरथचन्द नगरपालिका–७ दुर्गास्थानलाई ९२ रनले पराजित गरेको छ ।  

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा यही फागुन २५ गतेदेखि सञ्चालन  भएको उक्त प्रतियोगिता आगामी चैत २ गते सम्पन्न हुने छ । उपाधि विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।  रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ३ : ३२ बजे