मनसुन क्रमशः क्षीण हुँदै

एमालेको नाराबाजीबीच प्रतिनिधिसभा बैठक

काठमाडौं ।  प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिउँसाे बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका हुन् । एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । 

एमाले विभाजनमा सभामुख सापकाेटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । आजकाे बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने कार्यसूची छ ।
 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : ४८ बजे