दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

तातोपानी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन 

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । 

यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ । 

गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जनताले सहज  स्वास्थ्य सेवा पाउन भन्ने ध्येयले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले  एम्बुलेन्सबाट  वडा नं ७ र ८ का  भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताउनुभयो  । 

विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य छ । सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेको जनाइएको छ ।रासस 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : ४४ बजे