मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेसको आजदेखि एक महिने चुनावी अभियान सुरु

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि  ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ। 

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले अभियान सुरु गर्न थालेको हो ।

काँग्रेसका प्रवक्ता प्रकाश शरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । यो अभियानमा काँग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रस्ट्याउने र संविधानको रक्षाका लागि काँग्रेसले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ५१ बजे