प्रेस चौतारी नेपालको अध्यक्षमा बस्नेत र महासचिवमा लामा सर्वसम्मत

पोखरा । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

पोखरामा भएको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

बस्नेत यसअघि भएको महाधिवेशनबाट पनि अध्यक्ष निर्वाचित हुनु भएको थियो।

त्यसैगरी, महाधिवेशनिले  १७ सदस्यीय पदाधिकारी चयन गरेको छ । जसमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर चयन हुनु भएको छ । महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी चयन हुनुभएको छ  ।

त्यस्तै सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा ईन्द्र आचार्य  चयन हुनुभएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : ३० बजे