पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । 

प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

पूर्वी हिमाली भू-भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : १४ बजे