काठमाडौं । पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको हो ।
मन्त्रालयका अनुसार सो समयावधिमा १९२ जना संक्रमित निको भएका छन् । संक्रमणबाट आज कसैको मृत्यु भएको छैन ।अहिले देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ५ : ५१ बजे
प्रतिक्रिया