दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

अपेक्षा र स्रोतको सीमा बुझ्ने जनशक्ति उत्पादन गरौँ : महासचिव पोखरेल

​​​​​​​काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको विकासका लागि पुँजीको उपलब्धता अनिवार्य भएको भन्दै बिना उत्पादन पुँजी निर्माण असम्भव रहेको बताउनुभएको छ । 

मदन भण्डारी मेमोरियल कलेजको वार्षिक साधारण सभाको आज उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले पुँजीको उपलब्धताको विषयमा नागरिकहरूलाई भ्रम छर्न खोजे एमसीसीमा देश विभाजित भएजस्तै हुने बताउनुभयो ।  

“हामी आदर्श समाजका बारेमा अत्यन्तै मोटिभेट हुन्छौँ । हामी कसैलाई राम राज्य चाहिएको छ, कसैलाई समाजवाद चाहिएको छ । त्यो राम राज्य र समाजवादका लागि चाहिने चिज भनेको सम्पन्नता नै हो ।” उहाँले भन्नुभयो, “सम्पन्नता उत्पादनको जगमा खडा हुन्छ । बिना उत्पादन सम्पन्नता सम्भव छैन ।”

उत्पादनको जग भनेको पुँजीको उपलब्धता भएको भन्दै उहाँले यस बारेमा सही शिक्षा दिन नसके एमसीसीमा ट्रान्समिसनबाट सेना आउँछ भनेर नागरिकहरूलाई भड्काइको जस्तै हुने बताउनुभयो । “एउटा परियोजनाको बारेमा यती ज्यादा अफवाह सृजना गरिन्छ र सिङ्गै समाजलाई विभाजित गर्न खोजिन्छ भने हाम्रो सामाजिक चेतनाको धरातल, हाम्रो ज्ञान सृजनाको धरातललाई हामीले  कति कमजोर बनाएका रहेछौँ भन्ने कुराको यो नै दृष्टान्त हो ।”, उहाँले भन्नुभयो । 

उहाँले अब विश्वविद्यालयहरूले राष्ट्रको आवश्यकतासँग जोडिएर चेतना र मनोविज्ञान तयार गर्न जरुरी रहेको बताउनुभयो । जनताको अपेक्षा  र स्रोत बिचको सीमाले जनतामा असन्तुष्ट पैदा हुने भन्दै उहाँले विश्वविद्यालयहरूले जनशक्ति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ११ : ५८ बजे