‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 चीनले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज  काठमाडौं आइपुगेको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी ३३० जहाजबाट कोरोना विरुद्धको खोप काठमाडौं ल्याइएको हो ।

नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार चीनको राजधानी बेइजिङ गएको थियो ।  चीनले नेपाललाई उपलब्ध गराएको कोभिड -९ विरुद्धको  ‘भेरासेल’ खोप नेपाललाई हस्तान्तरण गरेको छ ।

त्रिुभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठ लाख डोजको सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो । 

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । 

निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

तस्बिर : गोरखापत्र 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १० : २३ बजे