दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

झापामा आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान  

बनियानी । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ ।

आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिनुभयो । 

प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने फोकल पर्सन चम्लागाईंले बताउनुभयो । 

अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयंसेवक छ÷छ सय परिचालन गरिएको छ भने उनीहरूमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ । 

औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठुलो धनराशि खर्चिँदै आएको बताउनुभयो । 

झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको सङ्ख्यामा पनि कमी आएको छ ।

 झापामा २०१२ मा जिल्लामा ५५।५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पुर्‍याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका छ जना रहेका छन् । गत आव २०७६/०७७ मा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ । 

झापामा २४ प्रतिशत सङ्क्रमण दर रहेकोमा अहिले घटेर २।३३ जनामा झरेको छ । हात्तीपाइले लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ । रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ७ : १५ बजे