‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रेडक्रसलाई आर्थिक सहयोग

मङ्गलबारे।  सनराइज बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी इलामलाई आर्थिक सहयोग गरेको छ । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रेडक्रसलाई रु दुई लाख सहयोग गरेको हो । बैंकका उपमहाप्रबन्धक रविन नेपालले रेडक्रस सोसाइटी इलामका सभापति शिव गौतमलाई सो रकमको चेक आज हस्तान्तरण गर्दै रेडक्रसले सामाजिक सेवाका काम गर्दा हुने आर्थिक अभावलाई परिपूर्ति गर्न सहयोग गरिएको बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा सानो भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

रेडक्रस सोसाइटीका शाखा सभापति गौतमले पाएको सहयोग सही ठाउँमा प्रयोग गरिने बताउँदै सहयोग गरेबापत बैंकलाई धन्यवाद दिनसभयो । कार्यक्रममा बैंक उपमहाप्रबन्धक नेपाल र प्रदेश नं १ का प्रमुख विवेककुमार निरौलालाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । 

 सनराइज बैंकका देशभर १३९ वटा शाखा रहेका छन् । बैंकले ८६ वटा शाखारहित बैंकिङ सेवासमेत सञ्चालन गरिरहेको सो अवसरमा जानकारी गराइयो । नेपाल रेडक्रस सोसाइटी इलामअन्तर्गत तीन हजार ३७८ साधारण सदस्य रहेका छन् । 

 रेडक्रस सोसाइटी इलामले जिल्लामा आकस्मिक रक्तसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ । यस वर्षमात्र ६८ घरपरिवारलाई विभिन्न किसिमका राहत सामग्री वितरण गरेको बताइएको छ । कार्यक्रममा रेडक्रस इलामका उपसभापति रतनकुमार चौधरी, उपमन्त्री उत्तम पौडेल तथा पदाधिकारी र बैंकका कर्मचारीको उपस्थिति थियो । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : १० बजे