दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन  विधिबाट गरी सात हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यही अवधिमा एक सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा पाँच हजार दुई सय १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : १० बजे