‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

फुटबल: नयाँबस्तीको जित

काठमाडौँ। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले दोस्रो जित दर्ता गराएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा आज भएको खेलमा नयाँबस्तीले ब्वाइज युनियन क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । 

नयाँबस्तीको जितमा सुमन योङ्ग्य (थगलनथब), रोशन आङ्देम्बे र सोम थापाले एक–एक गोल गरे । यता ब्वाइज युनियनका लागि भने विनोद राई र दिवस मास्केले एक–एक गोल फर्काए । खेलको १७ औैँ मिनेटमा सुमनले गोल गर्दै नयाँ बस्तीलाई पहिलो अग्रता दिलाए । 

खेलको ३९ औँ मिनेटमा ब्वाइज युनियनका विनोदले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।  खेलको ५० औँ मिनेटमा दिवसले गोल गरेपछि ब्वाइज युनियनले २–१ को अग्रता बनाको थियो  तर त्यो २–१ गोलको अग्रता लामो समयसम्म भने टिक्न सकेन ।

खेलको ६९ औँ मिनेटमा नयाँबस्तीका खेलाडी रोशनले एक गोल थपेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियोे । त्यसपछि खेलको ८२ औँ मिनेटमा सोमले गोल गरेपछि नयाँ बस्तीले ३–२ गोलको जित हासिल ग¥यो ।यस जितसँगै चार खेलबाट नयाँबस्तीले छ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित ब्वाइज युनियनको चार खेलमा तीन अङ्क रहेको छ । रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : ०३ बजे