मनसुन क्रमशः क्षीण हुँदै

सामाजिक सञ्जाल प्रयोग गर्दा समय बर्बाद नबनाओस्, सूचना देओस् : अध्यक्ष ओली

पोखरा । एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताउनु भएकाे छ ।

पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताउनुभएकाे हाे  । बरु सूचना दिने खालको हुनुपर्ने उहाँको भनाइ छ । 

‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उहाँले भन्नुभयाे , ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’ 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : २१ बजे