मनसुन क्रमशः क्षीण हुँदै

रामका बा ठाेरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए : केपी ओली

पाेखरा ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएकाे दाबी दाेहाेर्‍याएका छन् । पाेखरामा प्रेस चाैतारीकाे महाधिवेसनलाई सम्बाेधन गर्दै उहाँले भन्नुभयाे, `रामका बा ठाेरीका हुन् । माडी र ठाेरीकाे बीचमा जन्मिएका हुन् । उनले मेसाेपाेटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनकाे नाम नेगीबाट दशरथ बन्याे ।´ 

उहाँले अहिलेकाे युगमा राम राज्यकाे व्याख्या गरेर खासै स्वभाविक नहुने बताउनुभयाे । 'सत्ययुगकाे व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चाेरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पाे चाेर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पाे फुटाउने,´ उहाँले भन्नुभयाे,  'राम राज्य कस्ताे थियाे ? कसैलाई थाहा छैन ।´

सत्ययुग, त्रेतायुग, द्वापर युग कस्ताे न थियाे भन्ने भ्रमबाट बाहिर निस्कन उहाँले आग्रह गर्नुभयाे । `रावणकाे पालामा जुत्ता चप्पल बनेकाे थिएन । लक्षमणले रामकाे खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,´ ओली भन्न्छनुभयाे, `कपडा बनिसकेकाे थिएन । अरु सबै हाेहल्ला हुन् । तर, आज हामी विकासकाे शिखरमा छाैं । पृथ्वीकाे सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छाैं ।´

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  २ : १६ बजे