‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, एक लाख दुई हजार ६ सयमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । 

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ङ्घले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : ०९ बजे