मनसुन क्रमशः क्षीण हुँदै

प्रेस चौतारीको महाधिवेशन आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

काठमाडौँ  । प्रेस चौतारी नेपालको नवौँ महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ ।

पोखरास्थित सभागृहमा आयोजित समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ः०० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

महाधिवेशनका लागि पोखरामा देशभरका प्रतिनिधि भेला भएका छन् । महाधिवेशनले १७ पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ ।

चौतारी केन्द्रीय कमिटीको बिहीबार साँझ बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको सङ्ख्या निर्धारण गरेको छ  ।

महाधिवेशनमा विधान संशोधन प्रस्ताव अनुमोदन भएसँगै चौतारीमा अब अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित चार, एक महासचिव, तीन उपमहासचिव, एक कोषाध्यक्ष र सात प्रदेशबाट एक–एक जना गरी ७ सचिव हुनेछन् ।

काठमाडौँमा भएको आठौँ राष्ट्रिय सम्मेलन भएको ७ वर्षपछि चौतारीले महाधिवेशन गर्दैछ । महाधिवेशनमा देशभरका झन्डै १ हजार २ सय पत्रकारको सहभागिता रहने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : ५६ बजे