दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

अब नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्ड देखाए पुग्ने

काठमाडौँ । कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज  भएको छ ।  

योसँगै अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने छ । जारी भएको नयाँ ‘ट्राभल एडभाइजरी’ अनुसार   विदेशबाट नेपाल आउँदा  क्वारेन्टाइनमा पनि बस्नु नपर्ने भएको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ४ : ४० बजे