काठमाडौं – नेपालमा थप ११२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२८ नमुना परीक्षण गर्दा ११२ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, आज थप ४२९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० रहेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४९ पुगेको छ ।
प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार ४ : १८ बजे
प्रतिक्रिया