साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गर्नुभएको छ । यसैको छलफलका लागि मानन्धरले आज  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको छ ।  करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसहित अध्यक्ष ओलीलाई भेट्न  बालकोट जानुभएको हो । 
करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल गर्नुभएको छ ।  छलफल अगाडि बढेको र चाँडै आफू एमाले प्रवेश गर्ने उहाँले बताउनुभएको छ । 

करिस्माले आफुले यस बारेमा  धेरै पहिलेदेखि आफ्नो मनस्थिति बनाको र आफ्ना धेरै साथीभाइ एमाले निकट भएको बताउनुभएको छ । भेटघाटका क्रममा सहकार्य गरेर जाने कुराकानी भएको मानन्धरको भनाई छ । 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : ४२ बजे