दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

नर्भिक अस्पतालमा  शनिवार पिसाबसम्बन्धी  ओपिडी निःशुल्क हुने

काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी विभागले  फागुन २८ शनिवारदेखि  देखि प्रत्येक शनिवार   निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको  छ । 

उक्त दिन प्रा.डा. रविन जोशी, डा. ईशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजीको संयुक्त टिमले शनिवार देखि निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ :३० देखि ११:३० बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।

व्यक्तिका आन्तरिक अङ्गहरू जस्तै मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाँको समस्या भएका बिरामीहरूले उक्त दिन ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्ने अस्पतालले बताएको छ । 
 निःशुल्क ओपिडी सेवा लिन चाहनेले अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स एप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  २ : ०५ बजे