दलित गाउँका पहिलो शिक्षक

प्रतितोला ३ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य आज तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार रुपैयाँ  कायम भएको छ ।

यसअघि, बुधवार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको दरले घटेको छ । बुधवार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ११ : ०७ बजे