‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

किभ । रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थाल्नुभएको छ ।  

युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसङ्ग जोड्दै जेलेन्स्कीले आफू घुँडा टेकेर केही मागिरहेको देशको राष्ट्रपति बन्न नचाहेको बताउनुभएको छ ।

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकल काटे नेताको उपमा दिँदै युक्रेन अतिक्रमण पुटिनको योजनाअनुसार नबढेको टिप्पणी गरेका छन् । पुटिनले पश्चिमा देशहरूलाई उत्तेजक आणविक धम्की दिएको समेत उनीहरूले आलोचना गरेका छन् । 

यसैबीच,  युक्रेनमाथि रुसी हमलासँगै अमेरिकालगायतका पश्चिमा देशहरूको प्रतिबन्धपछि मस्कोमा ऊर्जा सङ्कट देखिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमा तेल, ग्यास र कोइला आयातमा प्रतिबन्ध लगाएपछि मस्को प्रभावित हुने भएको हो ।   

युक्रेन पुटिनले कहिल्यै जित गर्न नसक्ने बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा प्रतिबन्ध लगाएका थिए । त्यस्तै बेलायतले पनि यसै वर्षको अन्त्यसम्म रुसी तेल आयतमा प्रतिबन्ध लगाउने जनाएको छ ।एजेन्सी

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १० : ४७ बजे