काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिकास्थित रामदेवी भन्ने ठाउँमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार मादी नगरपालिकाबाट धरान जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ७ जनाको मृत्यु भएको हो ।
बस सडकबाट ३ सय मिटर तल खोलामा खसेको स्थानीयबासीहरुले बताएका छन् । बसमा कति जना थिए अहिलेसम्म खुलिसकेको छैन । घाइतेको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार ९ : ४५ बजे
प्रतिक्रिया