मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

वसन्तपुरमा चीर ठड्याइयो, आजदेखि होली सुरु

काठमाडौँ । वसन्तपुरस्थित हनुमान ढोकामा तीन तले चीर ठड्याएसँगै देशैभर होली पर्व सुरु भएको छ ।

हनुमान ढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याइएको हो ।

मानन्धर समुदायले आज ७ बजेर २७ मिनेटको शुभ साइतमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याइ एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जानकारी दिएका हुन ।

चीर ठड्याएसँगै आजदेखि राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । 

यस वर्ष काठमाडौँलगायत पहाडी जिल्लाहरूमा चैत ३ गते र तराई मधेसका जिल्लाहरूमा चैत ४ गते होली पर्व परेको छ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ९ : ०९ बजे