दलित गाउँका पहिलो शिक्षक

निर्माण व्यवसायी महासङ्घको अधिवेशन शुक्रवारदेखि 

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारण सभा तथा १२औँ अधिवेशन फागुन २७, २८ र २९ गते राजधानीमा हुने भएको छ । 

साधारण सभा तथा अधिवेशन उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ । महासङ्घले बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा साधारण सभा तथा अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि र त्यही सङ्ख्यामा पर्यवेक्षकको सहभागिता रहने जनाइयो । 

अधिवेशनले आगामी तीन वर्षका लागि महासङ्घमा नयाँ कार्य समिति चयन गर्नेछ । महासङ्घको ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष, महासचिव (१) उपमहासचिव (२), कोषाध्यक्ष, सह कोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुनेछ । 

साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महासङ्घका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

सम्मेलनमा महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनले निर्माण उद्योगमा देखिएका धेरै समस्या समाधान गर्ने बताउनुभयो । 

महासङ्घका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि एघारौँ संशोधन आवश्यक रहेको बताउनुभयो । 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : १५ बजे