भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

गृहले दुई प्रहरी निरीक्षकसँग सोध्यो स्पष्टीकरण, सेवाबाट हटाउने चेतावनी

काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । 

गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षक द्वय डा.विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।

नेपाल प्रहरी अस्पताल  महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।  

त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण सोधिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ गृह सचिव स्तरीय निर्णय भएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ७ : ५२ बजे