मौसम : अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ । अन्य क्षेत्रमा मौसम सफा  छ ।

दिउँसो पहाडी भू–भागमा अपराह्नपछि एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७८ फागुन २६ गते (बिहीबार)
दिउँसो:
देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

देशको पहाडी भू–भागमा अपराह्न पछि एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन २७ गते (शुक्रवार)
दिउँसो:
देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ फागुन २८ गते  (शनिवार) 
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहने छ ।
राती: देशभर मौसम सामान्यतया सफा रहने छ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ७ : ४१ बजे