मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

तनहुँमा जीप दुर्घटना, ६ जना घाइते

काठमाडौं – पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । 

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका-७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको हो । प्रहरीले अनियन्त्रित भएर जीप दुर्घटना भएको जनाएको छ ।

घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटकी इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना  र क्याम बहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ४२ बजे