सुनको मूल्यमा नयाँ कीर्तिमान

भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – यूट्युव च्यानल मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।

हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ भ्रामक समाचार सम्प्रेषण आरोप प्रहरीले लगाएको छ । 

उनीहरुले पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको दाबी प्रहरीको छ । 

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ७÷७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ४२ बजे