‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दीपेन्द्र आइसिसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा  

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा परेका छन् । 

आइसीसीले बुधबार सार्वजनिक गरेका मनोनयमा संयुक्त अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द र भारतीय टोलीका ब्याटर श्रेयस ऐयरसँगै दीपेन्द्र महिनाको उत्कृष्ट खेलाडीको मनोनयमा परेका हुन् ।

टी-२० विश्वकपमा ग्लोबल छनोटमा नेपालबाट दीपेन्द्रले गरेको प्रदर्शनका आधारमा आइसीसीले उनलाई मनोनयनमा समेटेको हो । छनोटका खेलमा दीपेन्द्रले १५९ रन र तीन विकेट लिएका थिए । उनले फिलिपिन्सविरुद्ध ४७ बलमा ८३ रन बनाएका थिए ।

आइसीसीले महिलातर्फको पनि ‘प्लेयर अफ दी मन्थ’ को मनोनयमा सार्वजनिक गरेको छ । जसमा भारतकी मिथाली राज र दीप्ति शर्मासँगै न्युजिल्यान्डकी एमिलिया केर परेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : २८ बजे