‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एएफसी तालिका जुध्दा मछिन्द्रका खेलाडी टिम बाहिरः व्यवस्थापक उपाध्याय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले मछिन्द्र फुटबल क्लबले एएफसी कप खेल्ने तालिका रहेका कारण क्लबका खेलाडीलाई ‘कल’ नगरिएको बताएका छन् । ‘यो मैत्रीपूर्ण खेल हो । त्यसै कारण मछिन्द्रसँगको सहकार्यमै खेलाडीलाई राष्ट्रिय टोलीमा कल नगरिएको हो,’ उपाध्यायले भने । 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन् । जहाँ मछिन्द्रका सात खेलाडी नै टोली बाहिर छन् । दोस्रोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मछिन्द्रबाट सर्वाेत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक विशाल श्रेष्ठ नै टोली बाहिर रहेका हुन् ।

नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले सुनिल र विशाल श्रेष्ठसँगै मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, फरवार्ड विमल घर्ति मगर र मिडफिल्डर मनिष डांगी, विशाल राई ‘बी’ र रक्षक देवेन्द्र तामाङलाई बाहिर राखेका छन् । नेपालले १० चैतमा थाइल्यान्डसँग खेल्नेछ भने १३ चैतमा चोनबुरीसँग खेल्नेछ । दुबै खेल चोनबुरीमा हुनेछ । 

मछिन्द्रले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दैछ । उसले २२ चैतमा एएफसी कपको प्रारम्भिक छनोटमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार दशरथ रंगशालामा खेल्दैछ । 

नेपाली टोलीः 
गोलरक्षकः किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की, 
डिफेन्डरः अनन्त तामाङ, नवीन गुरुङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, रोहित चन्द

मिडफिल्डरः अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, आयुश घलान, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढामगर, सुवास गुरुङ, तेज तामाङ, जगजित श्रेष्ठ

फरवार्डः आशीष लामा, दर्शन गुरुङ, सुमन लामा

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : १९ बजे