मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

डुम्रे–बेँसीसहर सडकखण्डमा यातायत ठप्प

लमजुङ।  लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीसहर सडकखण्डमा आज  बिहानदेखि यातायात सेवा थप्प भएका छन् । 

लमजुङस्थित मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सडक अवरुद्ध गरेपछि यातयात ठप्प भएको हो । 

    जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–तनहुँको सिमाना पाउँदीबजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि मृतकका आफन्त तथा पक्षधारहरुले विभिन्न माग राख्दै उक्त स्थानमा विरोध प्रदर्शन गरेपछि यातायत ठप्प हुँदा यात्रु मर्कामा परेका छन् । यता लमजुङतर्फ पाउँदीबजारदेखि सिउँदीबारसम्म आज बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञाका कारण समेत यस खण्डमा यातयात ठप्प हुँदै आएको छ । 

जिल्लाको सुन्दरबजार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो ।

    होस्टेलमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नै नदिई होस्टेलबाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नै नदिई शव लगेको, विद्यालयका संस्थापक बाबुराम पौडेल, मृतक श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यालयका शिक्षक र अर्का विद्यार्थीमाथि छानबिन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले मङ्गलबार सो विद्यालयका दुई स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेको थियो । उक्त घटनालाई लिएर उग्ररुप लिन थालेसँगै ठूलो भीडलाई सामान्य अवस्थामा ल्याउन प्रहरीले १३ सेल अश्रुुग्यास र एउटा हवाई फायरसमेत गर्नुभएको प्रहरी निरीक्षक जनकराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार मृतक विद्यार्थीसँगै गएका शिक्षक सरोज ओलिया र सबिन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    सवारी साधन थप्प भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा जाने र सो तर्फबाट लमजुङ आउने कुनै पनि सवारी साधन सञ्चालन हुन पाएका छैनन् । उक्त क्षेत्रमा निषेधाज्ञा जारी  र तनहुँको बाइसजागरमा टायर बालेर विरोध प्रदर्शन गरेपछि टाढा टाढा पुग्नुपर्ने यात्रुलाई समस्या भएको छ । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ०५ बजे