मनसुन क्रमशः क्षीण हुँदै

रंगेलीका मेयर र उपमेयर वडा अध्यक्षसहित ४ हजार ७ सय १० जना एमाले प्रवेश

मोरङ ।  माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर वडा अध्यक्षसहित ४ हजार ७ सय १० जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । 

मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराउनुभएको हो । 

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गर्नुभएको हो ।  

पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल  वडा ५ अध्यक्ष महानन्द मण्डल पनि हुनुहुन्छ ।  । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित हुनुहुन्थ्याे । वडा सदस्य शंकर साहले पनि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएकाे  छ ।   मेयर दिलिप कुमार अग्रवाल देशैभरमा माओवादी केन्द्रबाट निर्वाचित हुने एकमात्र पालिका प्रमुख हुनुहुन्थ्यो ।

​​​​

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ०९ बजे