मनसुन क्रमशः क्षीण हुँदै

ओलीको लोकप्रियता देखेर समकक्षी नेता पूर्वाग्रही भए : महासचिव पोखरेल

काठमाडौँ ।  नेकपा एमालेका महासचिव शंखर पोखरेलले एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्रही भएर प्रस्तुत भएको बताउनुभएको छ । 

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीको लोकप्रियता देखेर पूर्वाग्रही ढङ्गले लागेको  बताउनुभएको हो । 

‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने । अनि संसद् विघटन गरेर चुनाव जान खोज्दा प्रतिगमन भनियो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद् विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’

एमसीसी पास गर्न गरियो घोषणापत्रको कुनै औचित्य नरहेको भन्दै उहाँले घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामु लाज छोप्ने टालो मात्र रहेको बताउनुभयो ।   

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : ४१ बजे