‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देहिमाडौँमा मेयर कप क्रिकेट आजदेखि

बैतडी।  बैतडीको दशरथचन्द नगरपालिकामा  आजदेखि  पाचौँं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।

 दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने। 

प्रतियोगिता देहिमाडौँमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।  निङग्लाशैनी खेलमैदान देहिमाडौँमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलङ्गा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ ।  

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

 नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हँुदै आएको छ ।  प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । यसअघि गतवर्ष सम्पन्न चाँैथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले  हात पारेको थियो । यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत ४ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १२ : ०५ बजे