दलित गाउँका पहिलो शिक्षक

सुनको मूल्य एक लाख पाँच हजार पाँच सय रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

मङ्गलवार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मङ्गलवार एक हजार चार सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ५० रुपैयाँ कायम भएको छ ।

 

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ५७ बजे