राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र सार्वजनिक (भिडियोसहित)

काठमाडौँ  । गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र आज सार्वजनिक गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजनैतिक निष्ठा अनि समर्पणकी पर्याय, गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारीको जीवनीमा आधारित वृत्तचित्र  आज सार्वजनिक गरिएको हो ।

नेपाल टेलिभिजनमा मंगलबार साँझ ७.२५ बजे देखि प्रसारण गरिएको वृत्तचित्र २० मिनेट २७ सेकेण्डको रहेको छ  ।

भिडियो : नेपाल टेलिभिजन

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ०२ बजे