‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मलेसियामा दुई बर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

क्वालालम्पुर – मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ । 

आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । 

कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो ।

कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकोले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो । 

विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन् । 

दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ ।

रासस÷एएफपी

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : ५० बजे