मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

न्यायाधीशहरूले संविधान हेर्न छाडे : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाउनुभएको छ । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलवार वसन्तपुरमा एमालेनिकट भ्रातृ सङ्गठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार परिवर्तन गर्ने गरी परमादेश दिएकोप्रति लक्षित गर्दै न्यायाधीशहरूले संविधान हेर्न छोडेको बताउनुभयो । 

न्यायाधीशहरू न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीको रूपमा देखिएको ओलीको भनाई थियो । 

‘हाम्रा विरुद्धका परमादेशहरू जनादेशबाट सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो । श्रीमानले कानुन हेर्न छोड्नुभयो । श्रीमानले के हे¥या हो ?,’ ओलीले भन्नुभयो, ‘उहाँहरू त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरूलाई चिन्ता छ ।’ 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ३४ बजे