मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

निर्वाचन आयोगलाई एमाले अध्यक्ष ओलीको प्रश्न – मतदाता पत्रको रङ किन हरियो राख्ने ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाउनुभएको छ  । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँलेले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताउनुभयो । 

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उहाँले भन्नुभयो, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’ 

ओलीले सम्बोधनका क्रममा नेपाली कांग्रेसको रुख चिन्हको रंग पनि रातो भएकोतर्फ संकेत गर्दै प्रश्न गर्नुभयाे , ‘कुन हिसाबले हरियो राख्ने? धार्मिक हिसाबले राख्ने हो वा कसैको हरियो देखिने चिन्ह छ त्यसकारण राख्ने हो? के कारणले राख्ने? वा सबैतिर जनताले नदेख्ने र कमजोर भयो भनेर हरियो राख्न लागेको हो कि? हरियो राख्ने कुरा निर्वाचन आयोगले सच्याउनुपर्छ। हरियो सरियो हुँदैन।’

उहाँले हरेक कुरा नेकपा एमालेकाविरुद्ध भइरहेको बताउनुभयाे । ‘एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग भयो। निर्वाचन आयोग प्रयोग भयो। अदालत प्रयोग भयो । परमादेश आयो । सभामुखको भूमिका देख्नुभएको छ। तमासा भइराखेको छ। नियमकानुन भन्ने छैन। स्वेच्छारी र मनपरीतन्त्र छ,’ ओलीले भन्नुभयाे ।  

उहाँले थप्नुभयाे, ‘कहिले निर्वाचन आयोग, कहिले संसद, कहिले सभामुख हाम्राविरुद्ध छ। सरकार त हाम्रोविरुद्ध छँदैछ। मुद्दा जितेर बनेको सरकार हो। चुनाव जितेर बन्नुपर्‍यो नि। लोकतन्त्र भनेको छ। मनपरी छ।’

ओलीले परमादेशलाई जनादेशले विस्थापित गर्ने बताउनुभयाे।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : १२ बजे