‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सहिद स्मारक ‘बी’ डिभिजन लिग : ब्याइज युनियनलाई हराउन झम्सिखेल सफल

ललितपुर । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लबले ब्याइज युनियन क्लबलाई ३ – १ गोलले पराजित गरेको छ ।

खेलको १३औं मिनेटमा झम्सिखेलका स्ट्राइकर आकाश बहादुर रानाले गोलपोस्टको टप कर्नरमा उत्कृष्ट प्रहार गर्दै झम्सिखेललाई अग्रता दिएका थिए । 

 झम्सिखेलका मन कुमार राईले खेलको १८औं मिनेटका ब्याइज युनियन क्लबको रक्षा पङ्क्तिको गल्तीको फाइदा उठाउँदै झम्सिखेलको अग्रता दोब्बर पारेका थिए । 

दोस्रो हाफमा अविरल रिजालले झम्सिखेलका लागी तेस्रो गोल गर्दै स्कोरलाई ३ – ० बनाएका थिए भने  ब्याइज युनियन क्लबका विवेक राईले हेडर मार्फत गोल गर्दै ब्याइज युनियनलाई खेलमा फिर्ता ल्याउने प्रयास गरेको थिए । 

खेलमा थप गोल हुन सकेन र झम्सिखेलले खेल ३ – १ गोलको फराकिलो अन्तरले जित्यो । 

खेलको ‘म्यान अफ द म्याच’ झम्सिखेलका स्ट्राइकर आकाश बहादुर राना घोषित भएका थिए ।  

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ३ : ०४ बजे