जसपामा पहिरो :  केन्द्रीय सदस्य र संविधानसभा सदस्यसहित ३ दर्जनबढीले रोजे एमाले 

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता सहित दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । 

आज पोखरामा आयोजित एक कार्यक्रममा  जसपा केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा सदस्य डिबी नेपाली लगायतका नेताहरु  एमालेमा  पंवेश गर्नुभएको हो  । 
 
उहाँहरुलार्इ एमाले अध्यक्ष केपी शर्मा ओली एमालेमा स्वागत गर्नुभयो । अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृ संगठनका तीनजना अध्यक्षलाई एमालेमा  स्वागत गर्नुभएको हो ।

​​​​​​​

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : २५ बजे