प्रमुख पदहरूमा महिला सहभागिताको सुनिश्चितता आजको आवश्यकता : पेम्बा लामा 

काठमाडौं ।  मदन भण्डारी फाउन्डेसनकी सचिव पेम्बा लामाले स्थानीय तहको प्रमुख पदमा महिलालाई जिम्मेवारी दिने नीति अनुरूप कार्य गर्न सकेमा मात्र संविधानको मर्म कार्यान्वयन हुने बताउनुभएको छ ।

११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको  अवशरमा आज शुभकामना सन्देश दिनुहुँदै सचिव लामाले  त्यसो गर्न सकेमा मात्र  समाज परिवर्तनमा महिला आन्दोलनले निर्वाह गरेको भूमिकाको कदर हुने बताउनुभएको हो । 

सन्देशमा लामाले नेपालको संविधानले स्थापित गरेको समानुपातिक समावेशिताको सिद्धान्तमा आधारित समाज निमार्ण अहिलेको टड्कारो आवश्यकता रहेको भन्दै  यसका लागि प्रमुख पदहरूमा महिला सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । ‘संविधानको कार्यान्वयन हाम्रो जिम्मेवारी हो र समृद्ध नेपाल निर्माणका लागि प्रमुख पदमा महिलाको समान हिस्सेदारी हुनुपर्दछ’ सन्देशमा भनिएको छ । 

​​​​​​​

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १ : ५३ बजे