११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (फोटोफिचर)

काठमाडौं ।  आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ मनाइँदैछ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरिन्छ ।  

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको थियो ।

श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघले आज विविध कार्यक्रम गर्दैछ । यसै सन्दर्भमा संघले आयोजना गरेको र्‍यालीका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिन्छ :

​​​​​​​

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १ : १० बजे