दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

निःशुल्क स्वास्थ्य शिविरमा चार हजार ७०० बालबालिका

बैतडी। दुर्गम क्षेत्रका बालबालिकालाई  स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले  बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताउनुभयो ।  दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक÷एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो ।  

शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो ।  रासस

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ३० बजे