मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कार्यसम्पादन मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो

खोटाङ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो भएको छ ।

आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी ७५.१८ अङ्क ल्याएर दिक्तेल रुपाकोट पहिलो भएको हो ।

६३.०७ अङ्क ल्याएर हलेसी तुवाचुङ नगरपालिकाले दोस्रो, ६२.२० अङ्कसहित बराहपोखरी तेस्रो, ५८.३८ अङ्कसहित खोटेहाङ चौथो, ५७.०२ अङ्कसहित साकेला पाँचौँ, ५६.३६ अङ्कसहित रावाबेँसी छैटौँ, ५१.३४ अङ्कसहित जन्तेढुङ्गा सातौँ, ५१.२७ अङ्कसहित दिप्रुङ चुइचुम्मा आठौँ, ४९.७० अङ्कसहित ऐँसेलुखर्क नवौँ र ३७.५७ अङ्कसहित केपिलासगढी गाउँपालिका १०औँ स्थानमा परेको छ ।

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने चलन रहेको जनाइएको छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ । स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न १७ वटा सूचक तय गरिएको थियो । 

आयोगले पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करवापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षका लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषयमा मूल्याङ्कन गर्छ ।

त्यस्तै आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सेवा लिने महिलाको सङ्ख्यालगायत शीर्षकका सूचकको आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो । रासस

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ४७ बजे